असार २
नतिजा कसरी हेर्ने ?
नेपाल टेलिकमको IVR सेवाको सटकोड १६०० मा फोन गर्ने, अथवा आफ्नो सिम्बोल नम्बर थिचेर एनसेल प्रा. ली. तथा नेपाल टेलिकमको सटकोड १६०० मा sms पठाउने । आफ्नो सिम्बोल नम्बर थिचेर आकाश टेक प्रा. ली. को सटकोड ३१००३, फोकशवान नेपाल प्रा. ली. को सटकोड ३५५६६, वान अफ कम्युनिकेशन को सटकोड ३३६२४, जानकी टेक्नोलोजी प्रा. ली. को सटकोड ३५००१, इजि सर्भिस प्रा. ली. को सटकोड ३४९४९ मा sms पठाउने ।
शिक्षा मन्त्रालय सिंहदरवार काठमाडौं www.moe.gov.np, शिक्षा विभाग सानोठिमी भक्तपुर www.doe.gov.np, परिक्षा नियन्त्रण कार्यलय सानोठिमी भक्तपुर www.soce.np, राष्ट्रिय परिक्षा वोर्ड सानोठिमी भक्तपुर www.neb.gov.np, आकाश टेक प्रा. ली. www.inheadline.com, नेपाल टेलीकम www.see.ntc.np, पि. एण्ड पि मल्टी मिडिया प्रा.ली. www.edukhabar.com, एनसेल प्रा. ली. www.ncell.axiata.com, वान अप कम्युनिकेशन प्रा. ली. www.meroshikshya.com, कान्तिपुर डिजिटल प्रा.ली. www.ekantipur.com, क्याथ कोडेक्स प्रा. ली. www.educationsansar.com, डिस्कभरी न्युज नेटवर्क प्रा. ली. www.ratopati.com, याक पव्लीकेशन www.khullapati.com, लोकान्तर साप्ताहिक प्रा. ली. www.lokantar.com मा search गरेर website मा पनि हेर्न सकिन्छ ।
जेठ २३ – एएफसी एसियन कप २०१९ को छनौटको तयारीमा रहेको नेपालले भारतसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्दैछ । एसियन कपको तयारीमै रहेको भारतको निमन्त्रणामा मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय टोली भारतको मुम्बई पुगेको छ ।

खेल नेपाली समय अनुसार बेलुका सवा सात बजे मुम्बईको अन्धेरी स्पोर्टस कम्प्लेक्समा हुनेछ । लेबनानसँगको मैत्रीपूर्ण खेल रद्द भएपछि भारतले नेपाललाई बोलाएको हो । भारत र नेपालबिच पछिल्लो पटक साफ च्याम्पियनसिप अन्तर्गत २०७२ को पुसमा खेल भएको थियो । त्यसपछि पहिलो पटक दुई देशबिच खेल हुन लागेको हो । सन् २०१६ मा अपराजित रहेको नेपाली टोली पछिल्लो पटक साढे तीन महिनाअघि एसियन कप छनौटको आफ्नो पहिलो खेलमा फिलिपिन्ससँग ४–१ ले पराजित भएको थियो । नेपाली टोली फिलिपिन्ससँगको त्यो हारपछि अब बाहिर निस्कने लक्ष्यका साथ मुम्बई पुगेको छ । तर फिफा बरियतामा नेपाल ९१६९० भन्दा ६९ स्थान माथि रहेको भारत ९१००० सँगको खेल नेपालका लागि सजिलो भने छैन । भारतसँगको खेल सजिलो नरहेको नेपाली टोलीका मुख्य प्रशिक्षक ग्योतोकु कोजीले बताएका छन् । १५ महिनाअघि नेपाली टोली सम्हालेका कोजीको नेतृत्वमा नेपालले पहिलो पटक भारतसँग खेल्न लागेको हो।
नेपालका पूर्व प्रशिक्षक स्टेफन कन्स्टेन्टाइनले अहिले भारतीय टिम सम्हालेका छन् । उनको प्रशिक्षणमा भारतले पछिल्ला पाँच खेलमा सबै जित निकालेको छ । नेपालले पछिल्ला पाँच खेलमा तीनमा जित तथा एकमा हार र एकमा बराबरी गरेको छ ।
इपिएस कोरिया शाखाले आउँदो जेठ २७ र २८ गते हुने आठौं कोरियन भाषा परीक्षाका लागि २६ वटा परीक्षा केन्द्र तोकेको छ ।
शाखाले बाग्मती बोर्डिङ स्कुल सुकेधारा,
एलआरआइ उच्च मावि कलंकी, एनके सिंह मेमोरियल इपिएस स्कुल मिनभवन, भिएस
निकेतन स्कुल मिनभवन, लेब्रोटरी उच्च मावि किर्तिपुर, गोल्डेनगेट
इन्टरनेशनल कलेज बत्तिसपुतली, हिमालय उच्च मावि तथा कलेज कोटेश्वर, हिमालयन
ह्वाइट हाउस कलेज तिनकुने, नोवेल कलेज वानेश्वर, किष्ट कलेज कमलपोखरी,
रेगन कलेज सामाखुशी, टाइम्स इन्टरनेशनल कलेज डिल्लिबजार, ट्रिनिटी
इन्टरनेशनल कलेज डिल्लिबजारलाई परीक्षा केन्द्रका रुपमा तोकेको हो ।
यस्तै, युनिभर्सल कलेज मैतिदेवी, भिएस
निकेतन कलेज तिनकुने, जेभियर इन्टरनेशनल कलेज कालोपुल, जेभियर इन्टरनेशनल
स्कुल बौद्ध, रेडियन्ट स्कुल सानेपा, जेम्स उच्च मावि धापाखेल, लिटिल
एन्जल्स स्कुल हात्तिवन, मोलिस कलेज कुमारीपाटी, क्यास्पियन भ्याली कलेज
कुमारीपाटी, आइडियल मोडल स्कुल धोविघाट, लिटिल एन्जल्स कलेज हात्तिवन,
पिनाकल एकेडेमी लगनखेल, एसियन इस्टिच्युट अफ टेक्नोलोजी म्यानेजमेन्ट
खुमलटार परीक्षा केन्द्र रहेका छन् ।
https://drive.google.com/file/d/0B7XpSQb3cYh2ak5DWlFzSWJJNFk/view
हेटौँडा जेष्ठ १८
मकवानपुरको मनहरी गाँउपालिकाको वडा नम्बर ६ नयाँबस्तीमा आज विहान बस र ट्रक एक आपसमा ठोक्किएको छ । विहान करिब ७ः३० बजेको समयमा काठमाडौँबाट सिराह तर्फ आउदै गरेको ना ५ ख ६१२३ नम्बरको बस र बिपरित दिशा हेटौँडाबाट चितवन तर्फ जादै गरेको ना ४ ख ८३ नम्बरको ट्रिपर एक आपसमा ठोकिदा दुर्घटना भएको हो । दुर्घटनामा परी उपचारको लागी चितवनको पुरानो मेडिकल हलमा लैजादै गर्दा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भारत अम्ना जाशलको ३० वर्षीय मोहमत सलाउदीन् र सङ्खुवासभाको २९ वर्षीय केश बहादुर लाया रहेको छ । दुर्घटनामा परी ११ जना घाईते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
जेष्ठ १४

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले काठमाडौं–निजगढ फास्ट ट्र्याकको शिलान्यास गरेका छन् । बाराको निजगढमा आइतबार बिहान आयोजित एक समारोहबीच प्रधानमन्त्री प्रचण्डले फास्ट ट्र्याकको औपचारिक शिलान्यास गरेका हुन् । फास्ट ट्याक शिलान्यास गर्दै प्रधानमन्त्री प्रचण्डले काठमाडौं र तराईबीचको दूरी घटेको बताए । ७६ किलोमिटर लामो फास्ट ट्र्याक निर्माणको जिम्मा सरकारले नेपाली सेनालाई दिएको छ । यो द्रुत मार्गलाई ४ वर्षभित्र निर्माण सक्ने लक्ष्य राखिएको छ । सेनाले फास्ट ट्याक निर्माणलाई १० क्षेत्रमा विभाजन गरेर निर्माण गर्न लागेको जानकारी शिलान्यास कार्यक्रममा दिइयो । सेनाले अन्तर्राष्टिय परामर्श दाता नियुक्त गरेर यसका लागि आवश्यक उच्चस्तरीय दक्ष जनशक्ति प्रवन्ध गर्ने तयारी गरेको छ । खोकना, चाल्नाखेल, मकवानपुरको इपा, गढी, छतिवन र लालगाउँ हुँदै बाराको निजगढ जोडिने फास्ट ट्याक काठमाडौंबाट १ घन्टामा पुग्न सकिने बताइएको छ । सेनाले यसको निर्माणको कार्यविधि बनिरहेको र निर्धारित समयमै निर्माण सक्ने जनाएको छ । फास्ट ट्याक ४ लेनको हुनेछ । यसको २३ किलोमिटर भाग पहाड र बाँकी तराईमा पर्छ । यो मार्गको विभिन्न ९९ स्थानमा पुल बन्नेछन् भने ६ वटा आकासे पुल हुनेछन् ।मकवानपुरको एक खण्डमा डेढ किलोमिटरको सुरुङमार्ग समेत बन्ने जानकारी शिलान्यास कार्यक्रममा दिइयो ।
जेष्ठ १४
काठमाडौं महानगरपालिकाको मेयरमा नेकपा एमालेका विद्याशुन्दर शाक्य विजयी भएका छन् । शाक्य कांग्रेसका उम्मेदवार राजुराज जोशीलाई १९ हजार बढी मतान्तरले पराजित गर्दै विजयी
भएका हुन् ।
१३ दिनसम्म च लेको मत गणना शनिबार मध्यरातमा सकिएको छ । तर, औपचारिक घोषणा आइतबार विहान मात्र भएको छ । शाक्यले ६४ हजार ९१३ मत पाएका छन् । उनका निकटमत प्रतिद्वन्द्वी कांग्रेसका राजुराजले ४५ हजार २६९ मत पाए । विवेकशील नेपाली दलकी रञ्जु दर्शना तेस्रो भइन् । उनले २३ हजार ४३९ मत पाएकी छन् । साझा पार्टीका किशोर थापा १८ हजार ४९६ मतसहित चौथो भएका छन् ।
कांग्रेसले हरिप्रभा खड्गी उपमेयरमा निर्वाचित भइन् । उनले ५८ हजार ९५२ मत पाइन् । उनका निकटतम प्रतिद्वन्द्वी राप्रपाका राजाराम श्रेष्ठले ३४ हजार ८५४ मत पाए भने तेस्रो स्थानमा रहेकी साझा पार्टीकी निरुपमा यादवले ११ हजार ५३३ मत पाइन् ।
जेठ १४ – लुक्लामा शनिबार भएको गोमा एयरको जहाज दुर्घटनामा गम्भीर घाइते भएका सह चालक सृजन मानन्धरको ज्यान गएको छ ।
उपचारका क्रममा पासाङल्हामु निकोल निकी अस्पताल लुक्लामा शनिबार राति उहाँको ज्यान गएको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले जानकारी दिनुभयो । महर्जनलाई थप उपचारका लागि काठमाडौं लैजान प्रयास भएपनि बाक्लो हुस्सुका कारण हेलिकप्टर उड्न नसकेपछि थप उपचारका लागि काठमाडौं लैजाने प्रयास असफल भएको थियो । दुर्घटनामा पाइलट पारसकुमार राईको शनिबार नै ज्यान गएको छ भने विमान परिचारिका प्रज्ञा महर्जनलाई थप उपचारका लागि आइतबार बिहानै काठमाडौं ल्याइएको इलाका प्रहरी कार्यालय लुक्लाले जनाएको छ ।
हेटौँडा जेष्ठ १०
हेटौँडा उपमहानगरपालिका वडा न. ११ को मत गणना सुरु भएको छ , हेटौँडाको मेयर यसै वडाबाट थाहा हुने छ । हेटौँडा उपमहानगरपालिकामा १८ वटा वडाको मत गणना भईसकेको छ , अन्तिम वडाको मत गणना अहिले भर्खरै सुरु भएको छ । वडा न.११ मा कुल ४ हजार ७ सय ५२ मत रहेको मा ३ हजार ६ सय ३८ मत खसेको छ । १८ वडाको मत गणना गरिसक्दा नेकपा एमाले अगाडी रहेको छ । को बन्लान् त भनेर थाहा पाउन केही समय कुर्नु पर्ने देखिन्छ ।
हेटौँडा जेठ÷९
देशको विभिन्न ठाँउमा मत गणना भइरहदा यता हेटौँडा उपमहानगरपालिकामा अन्तिम अन्तिम चरणमा पुगेको छ । अन्तिम चरणमा आईपुग्दा नेपाली काँग्रेस र नेकपा एमाले बीच कडा प्रतिस्पर्धा देखिन्छ । कहिले नेपाले काँग्रेसका उम्मेदवार आनन्दराम पराजुली अगाडी बढ्छन् भने कहिले नेकपा एमालेको उम्मेदवार हरि बहादुर महत अगाडी बढेको देखिन्छ । हेटौँडा उपमहानगरपालिकामा कस्ले बाजी मार्ला भन्न सकिन्न । अहिले सम्म १५ वटा वडाको मत गनिसक्दा र अहिले १२ नम्बर र १० नम्बरको मत भईरहदा नेपाली काँग्रेस र माओवादी केन्द्र गठबन्धन का उम्मेदवार आनन्दराम पराजुली झिनो मतले अगाडी रहेको छ । अहिले सम्मको ताजा अपडेटमा नेपाली काँग्रेस गठबन्धनका उम्मेदवार आनन्दराम पराजुलीले नेकपा एमालेको उम्मेदवार हरि बहादुर महत लाई ७५ मतले पछ्याउदै अगाडी बढिरहको छ ।
जेठ ०५,
बाराको पथलैया सडकखण्ड स्थित आधाभार जंगलमा आज बिहान बस दुर्घटना हुदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तारापट्टि सिर्सियाकि किरणदेवी शाह र महोत्तरी रतौली ६ बस्ने बल्ल यादव छन् ।
३० जना सवार उक्त बसका अन्य सबै यात्रु घाइते भएको बारा प्रहरीले जनाएको छ | घाईतेको सिमरा स्थित तराई सिमरा हस्पिटलमा उपचार भैरहेको छ ।
काठमान्डौ बाट धनुषा जादै गरेको न ७ ख १६४१ नम्बरको बस आफै अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मृतकलाई बीरगंजको नारायणी उपक्षेत्रीय अस्पतालमा पठाएको छ ।
हेटौँडा जेठ÷३
मकवानपुर गढी गाँउपालिकामा नेकपा एमाले विजयी भएको छ । गाँउपालिकाका प्रमुखमा बिदुर हुमागाईले ३८१४ मत ल्याई विजय भएको छ भने प्रतिद्धन्दी नेपाली काँग्रेसका प्रमुख दोर्जे लामाले ३६५३ मत ल्याएको थियो । त्यसै गरी उप–प्रमुखमा नेकपा एमाले नै विजय भएको छ । उप –प्रमुखको उम्मेदवार हर्कमाया रुम्बाले ३७१७ मत ल्याई विजयी भएको छ भने प्रतिद्धन्दी नेपाली काँग्रेसको मन्दिरा के.सी. ले ३७०७ मत ल्याएको थिए । त्यसै गरी माओवादी केन्द्रको गाँउप्रमुखको उम्मेदवार भिम पाख्रिनले १६३३ र उप–प्रमुख राधिका तिमलसिनाले १५९९ मत ल्याएको थियो । र राप्रपाबाट गाँउप्रमुख खिल प्रसाद चौलागाँईले ९५० र उप–प्रमुख हिरादेवी हुमागाँईले ८९८ मत प्राप्त गरेका थिए ।
अपडेट मकवानपुर गाँउपालिकामा वडा न. १ को परिणाम ५०० मतमा
गाँउ प्रमुख
काँग्रेस – २५०
एमाले – १६५
मओवादी केन्द्र – ४४
राप्रपा –१५
उप–प्रमुख
काँग्रेस – २४८
एमाले –१७१
मओवादी केन्द्र – ३७
राप्रपा –१५
वडा अध्यक्ष
काँग्रेस – २४६
एमाले – १६९
मओवादी केन्द्र – ३९
राप्रपा –१५
संघीय संरचना अनुसार स्थानीय तह चयनका लागि आज ३४ जिल्लामा मतदान भइरहेको छ ।
भर्खरबाट मतदान सुरु भएको छ । मतदान बेलुका ५ बजेसम्म जारी रहनेछ । ४९
लाख ५६ हजार ९ सय २५ मतदाता छन् । मतदानका लागि झण्डै चार हजार मतदान स्थल
तोकिएको छ । ३ हजार ९२२ मतदान स्थलका ६ हजार ६४१ मतदान केन्द्रबाट
मतदाताहरुले आफूले चाहेको उम्मेदवारलाई मत दिनेछन् ।
१३ हजार ५६५ पदमा हुन लागेको निर्वाचनमा झण्डै ५० हजार उम्मेदवार चुनावी मैदानमा छन् ।
झन्डै दुई दशकदेखिको स्थानीय निर्वाचनमा मतदान गर्न पाउने प्रतीक्षाको घडी
आज समाप्त भएको छ । पार्टीका शीर्ष नेताका साथै काठमाडौैैंका मेयरका
उम्मेदवारले विभिन्न मतदान केन्द्रबाट मतदान गरेका छन्। प्रधानमन्त्री
पुष्पकमल दाहाल, राप्रपा अध्यक्ष कमल थापा, नेपाली काँग्रेसका वरिष्ठ नेता
रामचन्द्र पौडेल, काठमाडौंका मेयर उम्मेदवार विद्या सुन्दर शाक्य, रन्जु
दर्शना, किशोर थापा, राजु राज जोशी र एमाले नेता योगेश भट्टराईले आआफ्ना
मतदान केन्द्रबाट भोट हालेका छन्।
हेटौँडा उपमहानगरपालिका !८ मा गईराती सिलिण्डर ग्यास पट्केको छ . हेटौंडा उपमहानगरपालिका !६ हटिया चिसापानी को ग’? चौर नजिक बिस्फोट भएको मकवानप’र प्रहरी बताएको छ . बिस्फोट स्थानियह?को अन’सार राती !) बजेको भएको बताएको छ . बिस्फोटमा परी श्याम दाहाल घाईते भएको छ ,उनको उपचारको लागी हेटौँडाको च’रेहिल अस्पतालमा ल्याएको छ . बिस्फोटको आवाज स’ने पछि जिल्ला प्रहरी कार्यालय मकवानप’रबाट खटिएको टोली ब’धबार राती नै घट्नास्थलमै प’गेको थियो . घट्ना कस्ले ग¥यो र किन ग¥यो भन्ने विस्तृत जानकारी भने आउन बाकी छ .
हेटौँडा ,मकवानपुरको ,मकवानपुर गढी गाउँपालिका– ७ सुकौरामा शिवम सिमेन्टको खानीमा रहेको एक्साभेटरामा गईराती आगजनी भएको छ । खानीमा ८ वटा एक्साभेटर रहेको मा ५ वटामा पुन रुपमा आगजनी भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । खानी रहेको आठै वटा एक्साभेटरमा आगजनी गर्ने प्रयास गरे पनि ५ वटामा मात्र आगजनी भएको प्रहरी जानकारी दिए । आगजनी बाट ४ करोड बराबरको क्षति भएकोे छ । थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।
स्थानीय तहको निर्वाचन २०७४ का लागि मकवानपुरमा मनोनयन दर्ता गराएका ८ जना उम्मेदवारहरु निर्विरोध निर्वाचित भएका छन् । मकवानपुरका विभिन्न ७ गाउँपालिकामा उम्मेदवारी दर्ता गराएका विभिन्न पार्टीका दलित महिला सदस्य उम्मेदवारहरुबाट ८ जना निर्विरोध निर्वाचित भएका छन् ।तथ्याङ्क अनुसार निर्विरोध निर्वाचित हुनेमा काँग्रेसको ३
जना, एमालेको ३ जना र माओवादी केन्द्रको २ जना उम्मेदवार रहेका छन् । निर्विरोध हुनेहरुमा ईन्द्रसरोवर गाउँपालिकाबाट १ जना, मकवानपुरगढी गाउँपालिकाबाट १ जना, बकैया गाउँपालिकाबाट २ जना, बाग्मती गाउँपालिकाबाट १ जना र मनहरी, राक्सिराङ र कैलाश गाउँपालिकाबाट १–१ जना उम्मेदवार निर्विरोध छन् ।
मकवानपुरमा पनि आज हेटोडा उपमहानगरपालिका ,थाहानगरपालिका र विभिन्न ८ वटा गाउ पालिकामा स्थानिय निर्वाचनका लागि उमेद्वारी दर्ता भएको छ । पहिलो चरण अन्तर्गत वैशाख ३१ गते हुने पहिलो चरणको स्थानिय तहको निर्वाचनका लागि विभिन्न दल तथा स्वतन्त्र उमेद्वारी दर्ता भएका छन हेटौंडा उपमहानगरपालिकामा नेपाली कांग्रेसवाट मेयरमा आनन्दराम पराजुली उपमेयरमा लक्ष्मी श्रेष्ठ,एमालेवाट मेयरमा हरीबहादुर महत र उपमेयरमा मिना लामाको नाम दर्ता भएको छ । यस्तै माओवादी केन्द्रवाट मेयरमा कुमारी मोक्तान र उपमेयमा वलराम वलको नाम दर्ता भएको छ भने राप्रपाले मेयरमा मधु अधिकारी र उपमेयरमा इन्दिरा न्यौपानेको नाम उमेद्वारका रुपमा दर्ता गराएको छ । संघिय समाजवादी फोरम र नयाँशक्ति नेपालका तर्फवाट मेयरमा सुभरत्न गोले र उपमेयरमा पुनम भट्टराई तथा वैद्य माओवादीका तर्फवाट मेयरमा सद्धर अन्सारीले उमेद्वरी दर्ता गुर्नभएको छ । यस्तै थाहा नगरपालिकामा मेयरमा कांग्रेसवाट पवित्रा महत र उपप्रमुखमा खड्गगोपाली, एमालेवाट विष्णु ढकाल र कल्पना वलामी, माओवादी केन्द्रवाट लवसेर विष्ट र शकुन्तला गोपाली तथा राप्रपाले हरेराम कार्की र राममाया लामाको उमेद्वारी दर्ताभएको छ । त्यसैगरी वाग्मती गाउँपालिका कांग्रेसवाट चोकवहादुर ठाडामगर र सुमित्रा राई एमालेवाट राजकुमार तिमल्सीना र धनमाया थिङ,माओवादी केन्द्रवाट सर्केस घलान र वच्चु गोले खड्का तथा राप्रपावाट दिल वहादुर वल र उमाकुमारी मोक्तानले मनोनय गर्नुभएको छ । यस्तै बकैया गाउँपालिमा नेपाली कांग्रेसवाट दामादर खनाल र कमला वाईवा , एमालेवाट दलबहादुर वाइवा र सरला बोलखे,माओवादी केन्द्रवाट भक्तवहादुर खत्री र लक्ष्मी पाख्रीन, राप्रपावाट लक्ष्मी जीम्वा र ध्रुवनारायण घिमिरेको नाम दर्ता भएको छ। यस्तै इन्द्रसरोबर गाउँपालिकामा कांग्रेसवाट विश्वलाल लामा र लक्ष्मी डंगोल, एमालेवाट जिबन लामा र उमा लामा,माओवादी केन्द्रवाट विक्रम सिंह मोक्तान र चुनुमाया व्लोन तथा राप्रपावाट देवकुमार लामा र निर्मल रुम्वाको नाम दर्ता भएको छ । भिमफेदी गाउँपालिकामा कांगैृसवाट मोमलाल दोङ र गोरीमाया लामा, एमालेवाट हिदम लामा र पार्बती राना, माओवादी केन्द्रवाट रन्जित राना र अप्सरा लोप्चन, राप्रपावाट शिवराम थापा र सानुमाया व्लोनले नाम दर्ता गर्नुभएको छ । यता मकवानपुरगढीमा कांग्रेसवाट दोर्जे लामा र मन्दिरा केसी,एमाललेवाट बिदुर हुमागाई र हर्कमाया रुम्बा,माओवादी केन्द्रवाट भिमपाख्रिन र राधिका तिमल्सिना तथा राप्रपावाट खिलप्रसाद चौलागाई र हिरादेवी हुमागाईलाई उठाएका छन । यता मनहरी गाउँपालिकामा कांग्रेसवाट शंकर न्यौपाने र कमला कार्की, एमालेवाट एकराज उप्रेती र मनिला बिष्ट,माओदावी केन्द्रवाट रामहरि सुवेदी र चन्द्रकला डिम्डुङ,राप्रपावाट गोविन्द रिजाल र मायाकुमार न्यौपानेको नाम दर्ता भएको छ । यस्तै राक्सीराङ गाउँपालिकामा कांग्रेसवाट राजकुमार मल्ल र निर्मला हिंम्डुङ ,एमालेवाट लालबहादुर थापा र सुन्तली चेपाङ,माओवादी केन्द्रवाट पुर्साई चेपाङ र पूर्णिमा दोङ र राप्रपावाट पुजन साह र देवीमाया लामाको नाम निर्वाचन कार्यालयमा दर्ता भएको छ । यता कैलाश गाउँपालिकामा कांग्रेसवाट लोकवहादुर मोक्तान र मिरा स्याङतान, एमालेवाट टंक मोक्तान र सुकुमाया थिङ,माओवादी केन्द्रवाट नरेन्द्र रिजाल र विन्दामाया वजु तथा राप्रपावाट भिमलामा र शान्ति थिङको उमेद्वारी परेको छ । यता राकेश कुमार शर्माले हेटौंडा उपमहानगरपालिकाको मेयर पदमा पहिलो नम्बरमा स्वतन्त्र उम्मेदवारका रुपमा मनोनयन दर्ता गराएका छन । उनले बिगतमा ६०१ सभासदले राम्रो काम नगरी देशलाई लुटेको भन्दै उनीहरुको श्राद्ध सम्म गरेका थिए । त्यति मात्र नभई उनले बिगतमा संविधान चाँडै आओस् भन्दै विभिन्न पुजापाठ समेत गरेको चर्चा थियो ।
२०६२/६३ जनआन्दोलन सफल भई २०६३ वैशाख ११ गते लोकतन्त्र स्थापना भएको सम्झनामा लोकतन्त्र दिवस मनाईंदैछ । २०६३ वैशाख ११ गते राति तत्कालीन राजा ज्ञानेन्द्रले २०५९ साल जेठ ८ गते विघटन भएको संसद् पुनर्स्थापना गर्नुभएको थियो । पुनर्स्थापित संसद्को जेठ ४ गतेको बैठकले राजसंस्थालाई निलम्बन गर्दै कार्यवाहक राष्ट्राध्यक्षको अधिकारसमेत प्रधानमन्त्रीलाई दिएको थियो । जनआन्दोलनमा कमाण्डर समेत रहेका नेपाली कांग्रेसका तत्कालिन सभापति गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा बनेको सर्वदलीय सरकारले २०६४ चैत २८ गते पहिलो संविधानसभाको निर्वाचन गराएको थियो । संविधानसभाको २०६५ साल जेठ १५ गतेको बैठकले नेपालमा राजतन्त्र अन्त्य भएको घोषणा गर्दै नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक देश बनाएको थियो ।
वैशाख ११ गतेको जगमा देशमा ठूला परिवर्तन भए पनि यो दिन बिरानो बन्दै गएको छ । यो विशेष दिनलाई सरकार र राजनीतिक दलले पनि बिर्सिएको भान हुन थालेको छ । परिवर्तनलाई संस्थागत गर्ने र ब्यवहारमा लोकतान्त्रिक चरित्र देखाउने काममा सरकार र राजनीतिक दल चुक्दा नागरिकका सपना अझै पूरा हुन सकेका छैनन् ।२०६१ साल माघ १९ गते तत्कालीन राजा ज्ञानेन्द्रले राजनीतिक दलका नेतालाई नजरबन्दमा राखी शासन सत्ता आफ्नो हातमा लिएपछि दुई ध्रुवमा रहेका संसद्वादी दल र सशस्त्र युद्धरत नेकपा माओवादीबिच १२ बुँदे समझदारी भएको थियो । दुई शक्तिका बिचमा भएको यो समझदारीलाई वैशाख ११ गतेले नै अनुमोदन गरेको थियो । लोकतन्त्र स्थापनापछि शान्ति प्रक्रिया निष्कर्षमा पुगे पनि संविधान कार्यान्वयन नभएसम्म स्थिरता कायम नहुने निश्चित छ । संविधान कार्यान्वयनका लागि तीनै तहको चुनाव हुुनु जरुरी छ ।
स्पेनिस ला लिगाको उपाधि होडमा महत्वपूर्ण इएल क्लासिकोमा बार्सिलोनाले बाजी मारेको छ । लिग अन्तर्गत आइतबार राति रियल मड्रिडको मैदान सान्टियागो बर्नाबेउमा भएको खेलमा बार्सिलोनाले घरेलु टोली रियल मड्रिडलाई ३–२ ले हराएको हो । १० खेलाडीमा सीमित भएको रियल मड्रिडलाई हराउन बार्सिलोनाका लागि लियोनल बार्सिलोनाका लागि बराबरी गोल फर्काए । पहिलो हाफमा १–१ को बराबरी भएको खेलमा ७३ औं मिनेटमा रेकिटिकले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए । ७७ औं मिनेटमा अभद्र ट्याकलका कारण रियलका कप्तान सर्जियो रामोसले रातो कार्ड पाएपछि घरेलु टोली १० खेलाडीमा सीमित भयो ।
८५ औं मिनेटमा रोड्रिग्वेजले रियलका लागि बराबरी गोल फर्काए । अन्तिम समयसम्म बराबरी भएको खेलमा इन्जुरी समय रियलका लागि घातक बन्यो ।इन्जुरी समयको दोस्रो मिनेटमा मेस्सीले व्यक्तिगत दोस्रो गोल गरेपछि रियल मड्रिड महत्वपूर्ण इएल क्लासिकोमा पराजित भयो । मेस्सीले यो सिजन ला लिगामा अहिलेसम्म ३१ गोल गरेका छन् । उनले बार्सिलोनाबाट सबै प्रतियोगितामा गरेर पाँच सय गोल पूरा गरेका छन् । जितपछि बार्सिलोना रियल मड्रिडसँग अंक बराबरी गर्दै शीर्ष स्थानमा उक्लिएको छ । बार्सिलोनाको ३३ खेलबाट ७५ अंक भएको छ । समान ७५ अंक नै भएपनि रियल मड्रिड भने दोस्रो स्थानमा झरेको छ । तर रिएल मड्रिडले एक खेल कम खेलेको छ । यो खेलमा क्रिष्टियानो रोनाल्डोले गोल गर्ने केही सुन्दर मौका गुमाए । बार्सिलोना प्रतिबन्धमा रहेका नेइमार बिना खेलेको थियो ।
हेटौडा ९ कर्रामा आज विहान ट्याङ्कर र मोटरसाईकल ठोक्किदा एक जनाको मृत्यु भएको छ । हेटौडाबाट विरगंजतर्फ गईरहेको ना ६ ख १०९१ नं को ट्याक्टर र सोही दिशामा गुडिरहेको ना ७ प ९६५ नं को मोटरसाईकल एकआपस ठोक्किदा मकवानपुर आमभञ्याङका ४४ वर्षिय घनश्याम बञ्जाराको मृत्यु भएको हो । ट्याङ्करको ठक्करबाट गम्भिर घाईते भएका बञ्जाराको उपचारका क्रममा हेटौडा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी नायव उपरीक्षक एवं प्रवक्ता बामदेव गौतमले जानकारी दिनुभयो । ट्याङ्कर र चालकलाई नियन्त्रणमा लिईएको उहांले बताउनुभयो ।
हेटौँडा, ७ बैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य एवं
नायिका रेखा थापाले राप्रपाका केन्द्रीय अध्यक्ष कमल थापा नै भावी
प्रधानमन्त्री भएको बताएकी छिन् ।
आज भुटनदेवी उच्च मा.वि.को चौरमा भईरहेको चुनावी सभा बोल्दै उनले कमल
थापा जस्तो मान्छे पाउनु मकवानपुरको भाग्य रहेको बताएकी छिन् ।
‘मकवानपुरले, हेटौँडा उपमहानगरपालिकाले कमल थापा जत्तिको मान्छे पाउनु
भनेको खुशीको कुरा हो ।’ उनले भनिन् ।

hello welcome to my blog hello welcome to my blog hello welcome to my blog hello welcome to my blog hello welcome to my blog hello welcome to my blog hello welcome to my blog hello welcome to my blog hello welcome to my blog hello welcome to my blog hello welcome to my blog hello welcome to my blog hello welcome to my blog hello welcome to my blog hello welcome to my blog hello welcome to my blog hello welcome to my blog hello welcome to my blog hello welcome to my blog hello welcome to my blog hello welcome to my blog hello welcome to my blog hello welcome to my blog hello welcome to my blog hello welcome to my blog hello welcome to my blog hello welcome to my blog hello welcome to my blog hello welcome to my blog hello welcome to my blog hello welcome to my blog hello welcome to my blog hello welcome to my blog hello welcome to my blog hello welcome to my blog hello welcome to my blog hello welcome to my blog hello welcome to my blog hello welcome to my blog hello welcome to my blog hello welcome to my blog hello welcome to my blog hello welcome to my blog hello welcome to my blog hello welcome to my blog hello welcome to my blog hello welcome to my blog