dailyvideo

नेपाल र भारत बिच आज बेलुका अन्तराष्ट्रिय मैत्रीपुर्ण फुटबल खेल हुदै नेपालले हात पार्लान त ??

जेठ २३ – एएफसी एसियन कप २०१९ को छनौटको तयारीमा रहेको नेपालले भारतसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्दैछ । एसियन कपको तयारीमै रहेको भारतको निमन्त्रणामा मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय टोली भारतको मुम्बई पुगेको छ ।

खेल नेपाली समय अनुसार बेलुका सवा सात बजे मुम्बईको अन्धेरी स्पोर्टस कम्प्लेक्समा हुनेछ । लेबनानसँगको मैत्रीपूर्ण खेल रद्द भएपछि भारतले नेपाललाई बोलाएको हो ।  भारत र नेपालबिच पछिल्लो पटक साफ च्याम्पियनसिप अन्तर्गत २०७२ को पुसमा खेल भएको थियो । त्यसपछि पहिलो पटक दुई देशबिच खेल हुन लागेको हो । सन् २०१६ मा अपराजित रहेको नेपाली टोली पछिल्लो पटक साढे तीन महिनाअघि एसियन कप छनौटको आफ्नो पहिलो खेलमा फिलिपिन्ससँग ४–१ ले पराजित भएको थियो । नेपाली टोली फिलिपिन्ससँगको त्यो हारपछि अब बाहिर निस्कने लक्ष्यका साथ मुम्बई पुगेको छ ।  तर फिफा बरियतामा नेपाल ९१६९० भन्दा ६९ स्थान माथि रहेको भारत ९१००० सँगको खेल नेपालका लागि सजिलो भने छैन । भारतसँगको खेल सजिलो नरहेको नेपाली टोलीका मुख्य प्रशिक्षक ग्योतोकु कोजीले बताएका छन् । १५ महिनाअघि नेपाली टोली सम्हालेका कोजीको नेतृत्वमा नेपालले पहिलो पटक भारतसँग खेल्न लागेको हो।
नेपालका पूर्व प्रशिक्षक स्टेफन कन्स्टेन्टाइनले अहिले भारतीय टिम सम्हालेका छन् । उनको प्रशिक्षणमा भारतले पछिल्ला पाँच खेलमा सबै जित निकालेको छ । नेपालले पछिल्ला पाँच खेलमा तीनमा जित तथा एकमा हार र एकमा बराबरी गरेको छ ।

Posted by Unknown on Tuesday, June 06, 2017. Filed under , . You can follow any responses to this entry through the RSS 2.0

0 comments for �नेपाल र भारत बिच आज बेलुका अन्तराष्ट्रिय मैत्रीपुर्ण फुटबल खेल हुदै नेपालले हात पार्लान त ??�

Leave comment

Search This Blog

Powered by Blogger.

Contributors

Recent Entries

Recent Comments

Photo Gallery