dailyvideo

काठमाडौं महानगरपालिकाको मेयरमा विद्याशुन्दर शाक्य विजयी

 जेष्ठ १४
काठमाडौं महानगरपालिकाको मेयरमा नेकपा एमालेका विद्याशुन्दर शाक्य विजयी भएका छन् । शाक्य कांग्रेसका उम्मेदवार राजुराज जोशीलाई १९ हजार बढी मतान्तरले पराजित गर्दै विजयी
भएका हुन् । १३ दिनसम्म च लेको मत गणना शनिबार मध्यरातमा सकिएको छ । तर, औपचारिक घोषणा आइतबार विहान मात्र भएको छ । शाक्यले ६४ हजार ९१३ मत पाएका छन् । उनका निकटमत प्रतिद्वन्द्वी कांग्रेसका राजुराजले ४५ हजार २६९ मत पाए । विवेकशील नेपाली दलकी रञ्जु दर्शना तेस्रो भइन् । उनले २३ हजार ४३९ मत पाएकी छन् । साझा पार्टीका किशोर थापा १८ हजार ४९६ मतसहित चौथो भएका छन् ।
कांग्रेसले हरिप्रभा खड्गी उपमेयरमा निर्वाचित भइन् । उनले ५८ हजार ९५२ मत पाइन् । उनका निकटतम प्रतिद्वन्द्वी राप्रपाका राजाराम श्रेष्ठले ३४ हजार ८५४ मत पाए भने तेस्रो स्थानमा रहेकी साझा पार्टीकी निरुपमा यादवले ११ हजार ५३३ मत पाइन् ।

Posted by Unknown on Sunday, May 28, 2017. Filed under . You can follow any responses to this entry through the RSS 2.0

0 comments for �काठमाडौं महानगरपालिकाको मेयरमा विद्याशुन्दर शाक्य विजयी �

Leave comment

Search This Blog

Powered by Blogger.

Blog Archive

Contributors

Recent Entries

Recent Comments

Photo Gallery