प्रधानमन्त्री र उम्मेदवारसहित शीर्ष नेताले यसरी गरे मतदान
झन्डै दुई दशकदेखिको स्थानीय निर्वाचनमा मतदान गर्न पाउने प्रतीक्षाको घडी
आज समाप्त भएको छ । पार्टीका शीर्ष नेताका साथै काठमाडौैैंका मेयरका
उम्मेदवारले विभिन्न मतदान केन्द्रबाट मतदान गरेका छन्। प्रधानमन्त्री
पुष्पकमल दाहाल, राप्रपा अध्यक्ष कमल थापा, नेपाली काँग्रेसका वरिष्ठ नेता
रामचन्द्र पौडेल, काठमाडौंका मेयर उम्मेदवार विद्या सुन्दर शाक्य, रन्जु
दर्शना, किशोर थापा, राजु राज जोशी र एमाले नेता योगेश भट्टराईले आआफ्ना
मतदान केन्द्रबाट भोट हालेका छन्।
