मकवानपुरमा ८ जना उम्मेदवारहरु निर्विरोध निर्वाचित
स्थानीय तहको निर्वाचन २०७४ का लागि मकवानपुरमा मनोनयन दर्ता गराएका ८ जना उम्मेदवारहरु निर्विरोध निर्वाचित भएका छन् । मकवानपुरका विभिन्न ७ गाउँपालिकामा उम्मेदवारी दर्ता गराएका विभिन्न पार्टीका दलित महिला सदस्य उम्मेदवारहरुबाट ८ जना निर्विरोध निर्वाचित भएका छन् ।
तथ्याङ्क अनुसार निर्विरोध निर्वाचित हुनेमा काँग्रेसको ३
जना, एमालेको ३ जना र माओवादी केन्द्रको २ जना उम्मेदवार रहेका छन् । निर्विरोध हुनेहरुमा ईन्द्रसरोवर गाउँपालिकाबाट १ जना, मकवानपुरगढी गाउँपालिकाबाट १ जना, बकैया गाउँपालिकाबाट २ जना, बाग्मती गाउँपालिकाबाट १ जना र मनहरी, राक्सिराङ र कैलाश गाउँपालिकाबाट १–१ जना उम्मेदवार निर्विरोध छन् ।

Posted by Unknown
on Thursday, May 04, 2017.
Filed under
.
You can follow any responses to this entry through the
RSS 2.0