dailyvideo

लुक्लामा भएको गोमा एयरको जहाज दुर्घटनामा गम्भीर घाइते सह चालकको नि मृत्यु

जेठ १४ – लुक्लामा शनिबार भएको गोमा एयरको जहाज दुर्घटनामा गम्भीर घाइते भएका सह चालक सृजन मानन्धरको ज्यान गएको छ ।
उपचारका क्रममा पासाङल्हामु निकोल निकी अस्पताल लुक्लामा शनिबार राति उहाँको ज्यान गएको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले जानकारी दिनुभयो । महर्जनलाई थप उपचारका लागि काठमाडौं लैजान प्रयास भएपनि  बाक्लो हुस्सुका कारण हेलिकप्टर उड्न नसकेपछि थप उपचारका लागि काठमाडौं लैजाने प्रयास असफल भएको थियो । दुर्घटनामा पाइलट पारसकुमार राईको शनिबार नै ज्यान गएको छ  भने विमान परिचारिका प्रज्ञा महर्जनलाई थप उपचारका लागि आइतबार बिहानै काठमाडौं ल्याइएको इलाका प्रहरी कार्यालय लुक्लाले जनाएको छ ।

Posted by Unknown on Sunday, May 28, 2017. Filed under . You can follow any responses to this entry through the RSS 2.0

0 comments for �लुक्लामा भएको गोमा एयरको जहाज दुर्घटनामा गम्भीर घाइते सह चालकको नि मृत्यु�

Leave comment

Search This Blog

Powered by Blogger.

Blog Archive

Contributors

Recent Entries

Recent Comments

Photo Gallery