अपडेट मनहरी गाँउपालिकाको नयाँबस्तीमा बस र ट्रक एक आपसमा ठोक्किदा २ जनाको मृत्यु
हेटौँडा जेष्ठ १८
मकवानपुरको मनहरी गाँउपालिकाको वडा नम्बर ६ नयाँबस्तीमा आज विहान बस र ट्रक एक आपसमा ठोक्किएको छ । विहान करिब ७ः३० बजेको समयमा काठमाडौँबाट सिराह तर्फ आउदै गरेको ना ५ ख ६१२३ नम्बरको बस र बिपरित दिशा हेटौँडाबाट चितवन तर्फ जादै गरेको ना ४ ख ८३ नम्बरको ट्रिपर एक आपसमा ठोकिदा दुर्घटना भएको हो । दुर्घटनामा परी उपचारको लागी चितवनको पुरानो मेडिकल हलमा लैजादै गर्दा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भारत अम्ना जाशलको ३० वर्षीय मोहमत सलाउदीन् र सङ्खुवासभाको २९ वर्षीय केश बहादुर लाया रहेको छ । दुर्घटनामा परी ११ जना घाईते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

Posted by Unknown
on Wednesday, May 31, 2017.
Filed under
.
You can follow any responses to this entry through the
RSS 2.0