dailyvideo

स्पेनिस ला लिगाको उपाधि होडमा बार्सिलोनाले बाजी मारे

स्पेनिस ला लिगाको उपाधि होडमा महत्वपूर्ण इएल क्लासिकोमा बार्सिलोनाले बाजी मारेको छ । लिग अन्तर्गत आइतबार राति रियल मड्रिडको मैदान सान्टियागो बर्नाबेउमा भएको खेलमा बार्सिलोनाले घरेलु टोली रियल मड्रिडलाई ३–२ ले हराएको हो । १० खेलाडीमा सीमित भएको रियल मड्रिडलाई हराउन बार्सिलोनाका लागि लियोनल बार्सिलोनाका लागि बराबरी गोल फर्काए । पहिलो हाफमा १–१ को बराबरी भएको खेलमा ७३ औं मिनेटमा रेकिटिकले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए । ७७ औं मिनेटमा अभद्र ट्याकलका कारण रियलका कप्तान सर्जियो रामोसले रातो कार्ड पाएपछि घरेलु टोली १० खेलाडीमा सीमित भयो । 
८५ औं मिनेटमा रोड्रिग्वेजले रियलका लागि बराबरी गोल फर्काए । अन्तिम समयसम्म बराबरी भएको खेलमा इन्जुरी समय रियलका लागि घातक बन्यो ।इन्जुरी समयको दोस्रो मिनेटमा मेस्सीले व्यक्तिगत दोस्रो गोल गरेपछि रियल मड्रिड महत्वपूर्ण इएल क्लासिकोमा पराजित भयो । मेस्सीले यो सिजन ला लिगामा अहिलेसम्म ३१ गोल गरेका छन् । उनले बार्सिलोनाबाट सबै प्रतियोगितामा गरेर पाँच सय गोल पूरा गरेका छन् । जितपछि बार्सिलोना रियल मड्रिडसँग अंक बराबरी गर्दै शीर्ष स्थानमा उक्लिएको छ । बार्सिलोनाको ३३ खेलबाट ७५ अंक भएको छ । समान ७५ अंक नै भएपनि रियल मड्रिड भने दोस्रो स्थानमा झरेको छ । तर रिएल मड्रिडले एक खेल कम खेलेको छ । यो खेलमा क्रिष्टियानो रोनाल्डोले गोल गर्ने केही सुन्दर मौका गुमाए । बार्सिलोना प्रतिबन्धमा रहेका नेइमार बिना खेलेको थियो । 

Posted by Unknown on Monday, April 24, 2017. Filed under . You can follow any responses to this entry through the RSS 2.0

0 comments for �स्पेनिस ला लिगाको उपाधि होडमा बार्सिलोनाले बाजी मारे�

Leave comment

Search This Blog

Powered by Blogger.

Contributors

Recent Entries

Recent Comments

Photo Gallery